
८ कार्तिक २०७७ ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार निधन भएको छ । उनि ३८ वर्षका थिए ।
सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।
शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक नभए पनि उनी लामो समयदेखि बिरामी रहेको बताइएको छ । राजकुमार अजिमले इन्टरनेसनल स्कुल ब्रुनाई र्याफल्स इन्स्टिच्युसन तथा अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका थिए । रासस/ सिन्ह्वा