८कार्तिक २०७७ नेपालमा कोरोनाका ६९ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत रहेको स्वस्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा १७४ जना आइसियु र ४७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आइसियु र ८ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३४ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा २ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन् ।