८ कार्तिक २०७७                                            इण्डियन प्रिमियर लिग (आईपीएल) खेलमा मुम्बई इन्डियन्स बिजयी भएको छ । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको हो । आईपीएलको ४१ औं खेल अन्तर्गत भएको आजको खेलमा बिजयी भएको मुम्बईले आफूलाई अंक तालिकाको पहिलो स्थानमा पनि पुर्याएको छ ।

टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनाउन सफल भएको थियो । चेन्नईका ब्याट्सम्यान साम करनले ४७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिएका थिए । त्यस्तै इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे । त्यसपछि मुम्बाईले
जितको लागि १ सय १५ रनको लक्ष्य पाएको थियो ।

जसलाई मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सजिलोसँग पूरा गरेको थियो । उसकालागि जितमा ईशान किशनले ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहेका थिए । क्विन्टन डी कक ३७ बलमा ५ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे । नवौं विकेटका लागि ताहिर र करनले ३१ बलमा ४३ रनको साझेदारी गरे ।

अहिलेसम्मको खेलमा मुम्बईले १० खेलमा ७ मा खेलमा जित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ । उसको जम्मा अंक १४ पुगेको छ । उ नेटरन रेटको आधारमा शीर्षस्थानमा पुगेको छ । त्यस्तै उततीनै अंक बनाएको मुम्बई नेटरन रेटको आधारमा दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्सले १० खेलमा ७ मा जित निकालेको छ भने उसले ३ मा हार बेहोर्दा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर