६ कात्तिक २०७७                                                     सुनसरीको इटहरीस्थित कोशी पाथीभरा हस्पिटल एण्ड डाइग्नोष्टिक प्रालिका सञ्चालक आफ्नै कर्मचारीहरूको ९ महिना देखिकाे तलब नदिई फरार भएका छन् ।

दसैंको मुखमा अस्पतालले ९ महिनाको तलब नदिएपछि आफूहरूको बिजोग भएको गुनासो स्वास्थ्यकर्मीहरूले गरेका छन् । अस्पतालमा कार्यरत फार्मेसी शिवहरि चौधरी, ल्याव असिस्टेन्ट निशा राई, रोशनी परियार र सहयोगी कृष्णकुमारी भण्डारीसहितले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

श्रम गरेर पारिश्रमिक नपाएका कारण आफूहरूको दसैं खल्लो हुने भएको गुनासो गर्दै पहलका लागि प्रहरी, प्रशासन र श्रम कार्यालयसम्म उजुरी गरेको बताइएको छ ।

आफूहरूले इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय इटहरी र श्रम कार्यालय विराटनगरमा उजुरी गर्दासमेत कार्यान्वयन नभएको र दसैंपछि मात्रै सुनवाइ हुने प्रतिक्रिया दिएपछि आफूहरू निराश बनेको ल्याब असिस्टेन्ट रोशनी परियारले गुनासो गरिन् ।

अस्पतालमा सञ्चालकसहित तीन डाक्टर र चारजना कर्मचारी गरी सातजना कर्मचारी कार्यरत रहेकोमा चार जनाको तलब नदिएको पीडितहरूले बताएका छन् । यस विषयमा बुझ्न सञ्चालक शर्मालाई सम्पर्क गर्न खोज्दा फोन उठाएनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर