ललितपुर,
ललितपुरबाट सोमबार बेलुका अपहरित ८ वर्षीया बालिकाको करिब ३ घाण्टापछि प्रहरीले सकुशल उद्दार गरेको छ । साथै बालिका अपहरणमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने सर्लाही हरिवन नगरपालिका-८ बासटोल घर भएका ३० वर्षीय  राजु कार्की, काभ्रे नमोबुद्ध नगरपालिका-८ बुझाकोट घर भएकी २३ वर्षीया सिता परियार र धनुषा धारापानी गाउँपालिका-२ घर भएका ४० वर्षीय कृष्ण तोलामी रहेका छन् ।
ललितपुर महालक्ष्मी नगरपालिका-४ मनकामना चोकमा खेलिरहेको समयमा साईकल चढी आएका ब्यक्तिहरुले बालिकालाई साईकलमा राखी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा  ललितपुर महानगरपालिका-२९ हरिसिद्दीस्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारी बालिकालाई उद्वार गरी उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा प्रयोग भएको १ थान साइकल समेत प्रहरीले बरामद गरेको    छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर