४ कार्तिक २०७७, मंगलवार

सुदूरपश्चिम प्रदेशमा आज थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा प्रदेशका चार वटा प्रयोगशाला मार्फत आठ सय ६ जनाको परीक्षण गरिएकोमा थप ७३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।  सेती प्रादेशिक अस्पतालमा  ४८ जनामा डोटी जिल्ला अस्पतालको प्रयोगशालामा  ८ जना ,डडेल्धुरा र बैतडीका ७  डडेल्धुरा प्रयोगशालामा   १० जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार १ सय ११ पुगेको छ।  संक्रमित मध्ये ७ हजार ३ सय ९१ जनाले कोरोना जितेका छन् भने २६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर