
४ कार्तिक २०७७, मंगलवार
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ। इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई कात्तिक २ गते अस्पताल भर्ना गरिएको जानकारी दिए। यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ।