
३ कार्तिक २०७७ जिल्ला प्रशासन कार्यालय स्याङ्जाको निर्णयविपरीत गृह मन्त्रालयमा उजुरी परेको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले असोज २८ गते एक आदेश जारी गर्दै ‘सबैलाई जो जहाँ छ, त्यहीँ बसी चाडपर्व मनाउन हार्दिक अनुरोध गर्दै कात्तिक १ देखिदेखि उच्च जोखिम भएका स्थानहरुबाट यस जिल्लामा प्रवेश गर्दा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट साथ प्रवेश गर्नुहुन अन्यथा अनिवार्यरुपमा तोकिएको क्वारेन्टाइनमा बस्नुपर्ने जानकारी गराइन्छ,’ भनेका थिए ।
प्रमुख जिल्ला अधिकारीको उक्त आदेश गैरकानुनी र कोभिड १९ प्रताडित जनतालाई सुरक्षित तवरले चाडवाडसमेत मान्न नदिई मानसिकरुपमा विक्षिप्त बनाउने नियत भएकाले उक्त आदेश खारेजको माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको हो । स्याङ्जा बिरघाका कृष्णराज पाण्डेले उक्त उजुरी दर्ता गराएका छन् ।