२कार्तिक २०७७                                            पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ ।

महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।

यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री, २०४० सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको  मन्त्रिमण्डलमा स्वास्थ  मन्त्री   थिए ।

प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा यादव मधेशी नागरिक समाजका अध्यक्षको सामाजिक समेत   रहेका थिए ।

यादवका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर