
२ कार्तिक २०७७, आइतवार
लिस्बन । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ ।
अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर सनसनि फैलिएको छ ।
स्रोतका अनुसार हत्याको अभियोग लागेकी बुटवल घर भएकी ३१ वर्षिया चन्द्रा भट्टराई अर्याल हुन् । अर्याल १९ वर्षको उमेरमा … अर्यालसंग विवाह बन्धनमा बाधिन युरोप आएकी थिइन् । स्रोतका अनुसार अर्याल दम्पतीमा लामो समय देखि पारिवारीक समस्या थियो ।
उनीहरुको बीचको झगडाको बारेमा स्थानिय प्रहरी समेत जानकारी थियो । प्रहरीले उनका श्रीमान अर्याललाई १५ किलोमिटरको दुरी भन्दा नजिक आउन नपाउने गरि प्रतिवन्ध लगाएको थियो । हत्या भएका बालबालिकाहरु विभिन्न नेपाली संघसँस्थाहरुको सांस्कृतिक कार्यक्रममा समेत सकृय सहभागी हुदै आएका थिए । स्रोतका अनुसार केही समय अघिमात्र उनले आफ्नो परिवारभित्र समस्या रहेको भन्दै केही सामाजिक संघसँस्थाका अगुवाहरुसंग सहयोगको लागि याचना गरेकी थिइन् ।
शनिवार विहान भएको घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा ति महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीले पुष्टि गरेका छन् ।
दूतावासका अनुसार प्रहरी निरन्तर दूतावासको सम्पर्कमा रहेर अनुसन्धान अघि बढाएको छ । ति महिलाले दुई छोरी र एक छोराको हत्या चक्कु प्रहार गरेर हत्या गरे पछि आत्महत्याको प्रयास गरेकी थिइन् । प्रहरीका अनुसार मृतक मध्य ८ महिनाको छोरा र नौं र तीन वर्षिया छोरीहरु रहेको बताएको छ ।प्रहरीले अर्याललाई अनुसन्धानको लागि हिरासतमा लिएको छ । उनीको शनिवार साँझ मेन्टलहेल्थ लगायतको स्वास्थ्य परिक्षण गरिएको बुझिएको छ ।
फोटो समाचार दुवै युरोप नेपाली खवरवाट