२ कार्तिक २०७७, आइतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद भीम बहादुर रावलले कुनै पनि जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न माग गर्नुभएकाे छ ।

https://amzn.to/4myfPN5

आइतबार ट्वीट गर्दै रावलले दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु नपर्ने पनि बताउनु भएकाे छ । 

उहाँले आफ्नो खातामा पनि भत्ताको रकम राखेको थाहा पाएको उल्लेख गर्दै लेख्नुभएकाे छ- ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो, हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।’ कोरोना महामारीमा पनि सांसदहरूले दसैं भत्ता बुझेको खबर सार्वजनिक हुन थालेपछि रावलले साे कुरा बताउनु भएकाे हाे ।

सांसदहरूले दसैं भत्ता लिन नहुने उहाँको भनाइ छ । उहाँले ट्विटरमा लेख्नुभएकाे छ- ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर