
१ कार्तिक २०७७, शनिवार
सर्वसम्मान म्युजिक कम्पनीले नेपालीको महानचाड तिहारको अवसर पारेर रचना रिमालको “तिहारै आयो” नामक सागेतिक कोशेली नेपाली वजारमा ल्याएको छ । गायक कृष्ण लामिछाने र गायिका रचना रिमालको मिठो स्वर रहेको “तिहारै आयो” गीत अभिनभ चौहानले लेखेका हुन । गीतमा संगीत,एरेन्ज, र मिक्सिग गायक स्वय कृष्ण लामिछानेको रहेको छ । गीतमा सारगीको मिठो धुल कमल कुमार विकको रहेको छ भने वासुरी रत्न विक तथा ताल पोषन घर्ती मगरले भरेका छन ।
तिहारको जस्तै रौनक दिनको लागि प्रकाश क्षेत्री,सुरेश गौतम,अभिनव चौहान,कृष्ण विसि,पुस्कर आचार्य लगायतका थुप्रै कलाकारले भरपुर मेहनत गरेका छन । प्रविन थापाको निर्देशन रहेको दृश्यलाई नवराज घिमिरेको क्यामराले निकै राम्रो संग कैद गरेका छन ।