
१कार्तिक २०७७ पाल्पामा शनिवार मात्रै ७५ जना कोरोना संक्रमित थपिएका छन् । शनिवार थपिएका संक्रमितहरु धेरैजसो समुदाय स्तरका रहेका छन् ।
यसरी थपिएकाहरुमा माथागढी गाउँपालिकाका २ जना पुरुष, रामपुर नगरपालिकाका १५ जना पुरुष र ५ जना महिला, पुर्वखोला गाउँपालिकाका ६ जना पुरुष र ३ जना महिला, रैनादेबी छहरा गाउँपालिकाका २ जना पुरुष, तिनाउँ गाउँपालिकाका २ जना पुरुष र १ जना महिला, रिबदीकोट गाउँपालिकाका २ जना पुरुष, तानसेन नगरपालिकाका १४ जना पुरुष र ४ महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
पाल्पामा ७५ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९ सय ६९ पुगेको छ । पाल्पामा अहिलेसम्म कोरोनाकै कारण ४ जनाको कोरोनाको कारण निधन भएको छ भने ७ सय १० जना निको भएका छन् ।