१ कर्तिक २०७७                                           प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विवाद समाधानको निष्कर्ष दुई अध्यक्षले निकाल्ने बताएका छन् ।आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपा संसदीय दलमा बुझाइएको अविश्वास प्रस्तावका विषयमा शनिबार प्रधानमन्त्री निवासमा छलफल भएको थियो।

छलफलमा सहभागी एक नेताले प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भने, ‘तपाईंहरुको कुरा सुनेँ। अब हामी अध्यक्षद्वय बसेर छलफल गर्छौं र एउटा निष्कर्ष निकाल्छौँ । त्यसलाई तपाईंहरुले मानेर जानुपर्छ।’

https://amzn.to/4myfPN5

आइतबार अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रक्रिया स्थगित गर्न र तुरुन्त काठमाडौं आउन दुवै पक्षलाई पत्र पठाएका थिए। सोही अनुसार, मुख्यमन्त्री शाहीसहित नेकपा कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडौं आएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर