१ कार्तिक २०७७                                               नेपाल प्रहरीले पर्सा जिल्लाको वीरगञ्जबाट साढे २३ किलोभन्दा बढी सुन र सवा दुई केजी चाँदी बरामद गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिए अनुसार वीरगञ्ज महानगरपालिका वडा नं ६ रेशमकोठी स्थित गणेश अपार्टमेन्टमा छापा मारि सो परिणममा सुन तथा चाँदी बरामद गरेको हो ।

प्रहरीले २२ किलो ५४६ ग्राम सुनका विस्कुट र ६५० ग्राम सुनका गहना बरामद गरेको हो । त्यसैगरि प्रहरीले २ केजी २६२ ग्राम चाँदीका गहना समेत बरामद गरेको छ । पर्सा प्रहरीले बरामद सुन तथा चाँदी घटना बारे जानकारी दिन केहि बेरमा पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानरकारी दिने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर