३० असोज २०७७, शुक्रवार

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा न ७ मिर्मीको क्वारेन्टिनवाट असोज २७ गते ३५ जनाको पिसिआर गरेकोमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । आठ दिन पहिले काठमाण्डौमा पिसिआर पोजेटिभ आएका एक जना ब्यक्तिको पनि आज पहिचान भएको कालिगण्डकि गाउँ पालिकाका जनस्वास्थ निरीक्षक खड्क वहादुर थापाले राष्ट्र डेली लाई वताउनु भयो।
कोरोना समुदायमा फैलिसकेको र सङ्क्रमितहरु पहिचान लुकाई समुदायमा खुल्लमखुल्ला हिड्नाले सङ्क्रमणले महामारीको रुप लिइ लिन सक्ने भएकाले सवै आफनो ठाँउवाट इमान्दारीपुर्वक स्वास्थ मापदण्डको पालना गर्न पनि थापाले गाउँवासि सवैलाई अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर