३० असोज  २०७७                                               प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा कोरोना पुष्टि भएको हो ।

 

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२१ जना संक्रमितहरु डिस्चार्ज भएका छन् । हालसम्म यस प्रदेशमा डिस्चार्ज हुनेको संख्या ५ हजार ५६१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार