
२९ असोज २०७७, बिहिवार
मलेसियामा विहिवार ५सय ८९ जना कोरोना सक्रमित थपिए भने थप तीन जनाको मृत्यु भएको छ । मलेसियामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १८ हजार १ सय २९ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १७० जना पुगेको छ। जम्मा संक्रमित मध्य आज ४०९ जना निको भएसंगै जम्मा १२ हजार १४ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयले जनाएको छ । हालसम्म ५ हजार ९४५ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने १०३ जना संक्रमित ईमर्जेन्सी कक्ष ( आईसियु ) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकमा उल्लेख गरिएको छ।