२९ असोज २०७७, बिहिवार

नक्कली भिसा देखाएर क्रोएसिया पठाउने आश्वासनमा ठगी गर्ने दुई जना पक्राउ परेका छन्। सप्तरी डाक्नेश्वरी नगरपालिका-६ औरहीका २५ वर्षीय मोहम्मद सहजाद आलम र ४३ वर्षीय सुकमान वाईवालाई पक्राउ गरेको हो।महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई बुधबार बानेश्वर र कपनबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। उनीहरूले क्रोएसियामा रोजगारी गर्न पठाइदिने भन्दै ९ जना व्यक्तिहरूसँग तीन लाख सात हजार रूपैँया ठगी गरेका थिए। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर