२९ असोज २०७७, बिहिवार

बिहीबार कोरोना भाइरसका ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएका छन् । १६ हजार ५९८ पीसीआर परीक्षण गर्दा ३ हजार ७४९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै, देशभर अहिलेसम्म कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । देशभर बिहीबार सक्रिय संक्रमितको संखया ३६ जार ५३३ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३९ रहेको छ । होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् ।

https://amzn.to/4myfPN5

देशभर संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या बिहीबार ३ हजार ५६४ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संखया ८४ हजार ५१८ पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर