२८ असोज २०७७, बुधवार

कार्यकर्ता हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच सर्लाहीको मलंगवामा झडप भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

झडपमा नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षकसहित २० जना प्रहरी र सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षकसहित १० जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फका १७ जना घाइते भएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन २० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । कांग्रेसले आफ्ना कार्यकर्ता रामनगर–७ सिसौटका महेन्द्र रामको हत्याको घटनामा प्रहरीको भूमिका निष्पक्ष नरहेको आरोप लगाउँदै प्रदर्शन गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर