
२७ असोज २०७७, मंगलवार
लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारु सहित सचिवालयका ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायत ३५ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जना रहेका स्वास्थ्य निरीक्षक डिलाराम भुसालले जानकारी दिए ।
सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । त्यसमध्ये १० जनाको नतिजा आउन बाँकी छ ।