
२७ असोज २०७७, मंगलवार
रुपन्देहीमा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका-१ स्थित नागथानका ४० वर्षीय कृष्णबहादुर केसी रहेका छन् । नहरको पानी तानेर खेतमा सिँचाइ गर्न विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपि खत्रीले बताए