२५ असोज २०७७, आइतवार

कोरोना संक्रमणबाट आज रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ । बुटवल–११ का ८४ वर्षीय पुरुषलाई बुटवलमा को उपचारका लागि अर्काे अस्पतालमा रिफर गरिएकोमा कोहलपुर लैजादै गर्दाबाटोमै आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पतालआइतबार बिहान २ बजे मृत्युभएको छ । यसैगरी  बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ ।

यसैगरीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ । आईसीयू बेडको अभावका कारण ती महिलालाई रुपन्देहीबाट शुक्रबार राति साढे १० बजे बेलझुण्डी अस्पतालमा पुर्याइएको  र आईसीयूमा राखेर उपचार शुरु गरेपनि शनिबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर