
२५ असोज २०७७, आइतवार
नेपाल चिकित्सक संघले आन्दोनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार राति सम्झौता भएसँगै संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
संघले घोषित आन्दोलनका कार्यक्रमहरुलाई संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्यसंस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न विशेषज्ञ समाज, सञ्चारकर्मी, तथा आमसर्वसाधारण नागरिकहरु लगायत विभिन्न संघ संस्थाहरुले जाहेर गरेको ऐक्यबद्धता र समथर्न प्रति संघले धन्यवाद दिएको छ ।