
२४ असोज २०७७, शनिवार
रुपन्देहीमा शनिवार १७९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या ३ हजार ५९५ पुगेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकामा ६६ जना, सिद्धार्थनगर नगरपालिकामा ४९, तिलोत्तमा नगरपालिकामा १९ जना, कोटहिमाई गाउँपालिकामा १८ जना, सियारी गाउँपालिकामा ११ जना, सैनामैना नगरपालिकामा ६ जना, देवदह नगरपालिकामा ५ जना, मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।