२३ असोज २०७७, शुक्रवार

दोहा- संयुक्त अरब एमिरेट्स (यूएई) मा श्रीमानले श्रीमतीको ज्या’न लिएका छन् । लामो समयदेखि यूएईमा कार्यरत चितवनकी गौंमाया मगर तामाङको श्रीमानले ज्यान लिएका हुन् ।

https://amzn.to/4myfPN5

गत सेप्टेम्बर २५ तारिखमा श्रीमान चन्द्र लिम्बूले दुबईमा भेट्न बोलाएकी श्रीमतीसँग विवाद हुँदा छुरा प्रहार गरी ज्यान लिएको प्रहरीले जनाएको छ । तामाङको शव पोष्टमार्टमका लागि दुबई अल रसिदिया अस्पतालमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

लिम्बूलाई दुबई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । आर्थिक अभावको कारण शबलाई नेपाल पठाउन समस्या भए पछि मृतकको दिदीले एनआरएनएलाई सहयोगको लागि अपिल गरेकि छिन । ४ दिनभित्र शव बुझ्न दुबई प्रहरीले आफन्तलाई भनेपछि  यूएईस्थित नेपाली दूतावासलाई पनि अनुरोध गरेको शेर्पाले बताए ।

मृतक गौमाया  भिजिट भिसा मार्फत युएई पुगेकि थिईन  . यसै विचमा उनको भेट चन्द्र लिम्बूसँगभएको थियो  एक आपसि सहमतिमा मन्दिरमा गएर विवाह समेत गरेको बताएको छ। यद्यपि नेपालको प्रचलित कानुन अनुसार कुनैपनि कागजपत्र विवाह दर्ता भने नरहेको बुझिएको छ ।

झापा जिल्ला घर बताउँदै आएका चन्द्र लिम्बू दुबईको एक कम्पनीमा सेक्यूरिटी गार्डमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर