
२३ असोज २०७७, शुक्रवार
गैरआवासीय नेपाली संघको दोस्रो विश्वज्ञान सम्मेलनआज वाटशुरु हुदैछ ।
विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन संघले दुई वर्षअघि विश्व ज्ञान सम्मेलन गर्दे आईरहेको छ । भर्चुअल माध्यमबाट उद्घाटन हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । आज देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी पूरा भएको संघका अध्यक्ष कुमार पन्तले बताए ।
संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् । २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत हुनै छन् ।
परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधीसहित स्वदेश तथा विदेशका विज्ञहरूको समेत यो सम्मेलनमा सहभागिता रहने छ ।
सम्मेलन पश्चात श्वेतपत्र जारी हुनै छ ।