२० असोज २०७७, मंगलवार

रुपन्देहीमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना संक्रमित थपिएका छन् ।  रुपन्देहीमा सबै भन्दा बुटवल उपमहानगरमा कोरोना संक्रमित थपिएका छन् । बुटवलमा ५१ जना संक्रमित थपिएका छन् भने सिद्धार्थनगर नगरपालिकामा २५ जना संक्रमित थपिएका छन् । त्यसैगरि तिलोत्तमा नगरपालिकामा ९ जना, सियारी गांउपालिकामा ८ जना, देवदह नगरपालिकामा ६ जना, सैनामैनामा ४ जना तथा मायादेबी गाँउपालिका, कन्चन गाँउपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, रोहीणी गाँउपालिकामा १।१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ३१०२ पुगेको छ । जिल्लामा २८ जना कारोना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर