२०  असाेज २०७७,  बुटवल                                 प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्ताव पारित भएको असोज २० गतेलाई कालो दिनका रुपमा मनाउने नेपाली कांग्रेस रुपन्देहीले निर्णय गरेको छ ।

नेपाली कांग्रेस रुपन्देहीले विज्ञप्ति निकालेर राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सभापति अब्दुल रज्जाकले निकालेको विज्ञप्तिमा मंगलबार साँझ ७ बजेदेखि आधा घण्टा घरका बत्ती निभाएर विरोध जनाउन अपिल गरेका छन् ।  विज्ञप्तिमा  व्यापक विरोध र जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चँदै सरकारले दुई तिहाईको दम्भले गलत निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजधानी सार्ने निर्णय गर्ने पार्टी र सरकार तथा यसका पक्षधरहरुविरुद्ध उपयुक्त मूल्याङ्कन हुने पनि विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले रुपन्देहीलाई राजधानी कायम गर्न निरन्तर आन्दोलन चलाउने र आफ्नो पार्टीको बहुमत पुगेका वेला रुपन्देही बनाउने दावी समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर