२० असाेज २०७७, लुम्बिनी प्रदेश सरकारले बुटवल भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले बुटवल भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने निर्णय गरेको हो । यस्तै, रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई जोडेर सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने समेत निर्णय गरेको छ ।
बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रलाई समेटेर तीनै जिल्लालाई सांस्कृतिक एवं पर्यटकीय राजधानी बनाउने निर्णय गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।
मन्त्रिपरिषद बैठकले कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने समेत निर्णय गरेको छ ।