
१९ असाेज २०७७, पाल्पामा कोरोना जाँच गर्ने पीसीआर मेसिन सञ्चालनमा आएको छ । पाल्पा अस्पतालका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले ल्याब सङ्क्रमणमुक्त गर्ने कार्य भईरहेका बताउनुभयो । साेमबारबाट नयाँ बिरामीको स्वाब परीक्षण हुने भयकाेे छ ।
पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले पाल्पामा स्थापना गरिएको पीसीआर मेसिनबाट प्रतिघण्टा ९६ वटा स्वाब परीक्षण गर्न सकिने बताउनुभयो । काेराेना परीक्षणका लागि हाल ११ जना कर्मचारी खटाइएकाे छ ।