१८ असाेज २०७७, ्काठमाडौंबाट रुपन्देही फर्किदै गरेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलकाे गाडीलाई लक्षित गरेर ढुंगा प्रहार भएको छ।  कडा सुरक्षाबीच भैरहवाबाट बुटवल आएका मुख्यमन्त्री सवार गाडीमा बुटवलको राजमार्ग चौराहानजिक ढुंगा प्रहार भएको हो।

गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो।

मुख्यमन्त्री सवार गाडी र मुख्यमन्त्रीको स्कर्टिङ गर्ने २ वटा गाडीमा क्षति भएको प्रहरिले जानकारि दियकाे छ ।  केही व्यक्तिलाई पक्राउ परेका छन ।

प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा सरकारले दर्ता गरेपछि पार्टी बैठकपछि शनिबार मुख्यमन्त्री पोखरेल काठमाडौ गएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर