
१८ असाेज २०७७, कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कर्मचारी सञ्चय कोषको ठमेलस्थित कार्यालय बन्द गरिएको छ।
आइतबार र सोमबार दुई दिन बन्द हुने भएको छ ।
‘कोषको ठमेल कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न असोज १८ र १९ गते कार्यालय बन्द हुने सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ।