१७असाेज,   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।  अपरान्ह ४ बजे बैठक बस्न लागेको हो।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति र पार्टीको संगठनात्मक एकता टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।

विशेषगरी अमेरिका र बेलायतका राजदूत सिफारिसमा प्रधानमन्त्रीले पार्टीसँग सल्लाह नगरी एकलौटी गरेको भन्दै माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले अमेरिकाको राजदूतमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतको राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई सिफारिस गरेपछि नेकपाका नेताहरु फेरि आलोचनामा उत्रिएका हुन् ।

गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकमा सरकारको काम प्रधानमन्त्रीले गर्ने र पार्टी कामको नियमित नेतृत्व अध्यक्ष प्रचण्डले गर्ने निर्णय भएको थियो । तर, दुबै अध्यक्षहरुबीच एकअर्काको काममा सल्लाह र समझदारीपूर्वक गर्ने निर्णय भएको थियो ।

राजनीतिक नियुक्तिहरु गर्दा आफुहरुलाई थाहा नदिइएको नेताहरुले गुनासो गरेका छन् । आजसको सचिवालय बैठकमा यिनै गुनासो पोखिने देखिएको छ ।

यसअघि बसेको सचिवालय बैठकले अध्यक्ष र महासचिवलाई पार्टीको संगठनात्मक एकता टुंग्याउनका लागि १० दिनको जिम्मा दिइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर