१७ आश्विन २०७७, शनिबार

बुटवल । प्रदेश ५को प्रस्तावित स्थायी राजधानी दाङको देउखुरी भालुवाङ क्षेत्रमा जग्गा कारोबारलाई अनिश्चितकालीन रोक लगाइएको छ ।

प्रदेश मन्त्रिपरिषद्को असोज १६ गतेको बैठकले दाङको राप्ती गाउँपालिाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिाको वडा नं. ८ र ९ मा जग्गा कारोाबार रोक लगाउने निर्णय गरेको थियो ।

 

प्रदेश सरकारले शुक्रबार दाङ र अर्घाखाँचीको सीमाना भालुवाङमा प्रदेश राजधानी राख्ने प्रस्ताव प्रदेश सभामा निर्णायार्थ पेश गरेको थियो । प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव समेत पेश भएको छ ।

यसअघि देश संघीय संरचनामा जाने वित्तिकै प्रदेश राजधानी दाङको बेलझुण्डी क्षेत्र रहने भन्दै जग्गा कारोबारीहरुले जग्गाको अस्वभाविक भाउ कारोबार गरेका थिए । तर अस्थायी राजधानी बुटवल तोकिएसँगै जग्गाको कारोबार गर्नेहरुको लगानी डुबेको थियो ।

सरकारले प्रदेशसभामा प्रस्ताव पेश गरेलगत्तै बुटवलमा भने विरोध प्रदर्शन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राजधानी सार्ने प्रस्ताव विरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरेको छ । शुक्रबार नै काँग्रेसको भातृ संगठन नेवि संघले बुटवल भैरहवा क्षेत्रमा सडकमा प्रदर्शन गर्दै सरकारी गाडी तोडफोड गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर