१४ असोज २०७७, बुधवार

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ११ जना स्वास्थ्यकर्मी सहित २४ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणका क्रममा २४ जनामा कोरोना पुष्टि भएको हो। अस्पतालमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना देखिएको प्रतिष्ठानका डा।अनुपमंगल समालले जनाए ।

परीक्षण गरिएका ५० मध्ये २४ जनामा कोरोना देखिएको हो। संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा भर्ना गरिएको छ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि अर्को सूचना प्रकाशित नभएसम्म आकश्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने प्रतिष्ठानले जनाएको छ। ो

प्रतिक्रिया

सम्बन्धित खवर