१४ असोज २०७७, बुधवार

साढे ७ किलो अफिमसहित कपिलवस्तुबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले  चेकजाँच गर्ने क्रममा मंगलबार चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको लु १ ह १५७ नम्बरको अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाँउपालिका १ कुरेली बस्ने ४९ वर्षकी सीता रोका अटो चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ५ का २० वर्षीय सुशील क्षेत्रीलाईनियन्त्रणमा लिएको   कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । यसअघि असोज ७ गते पनि कृष्णनगरबाट ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर