१४ असोज २०७७, बुधवार

विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या  ३ करोड ३८ लाख ३७ हजार ७ सय ८ पुगेको छ । १० लाख १२ हजार ५ सय ७८ जना कोरोना संक्रमितको ज्यान गएको छ । संक्रमितमध्ये २ करोड ५१ लाखभन्दा बढी संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।

अमेरिकामा संक्रमितहरूको संख्या ७४ लाख ६ हजारभन्दा बढी पुगेको छ भने २ लाख १० हजारभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यस्तै भारतमा  कूल संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । ९७ हजार ५ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ  ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार पुगेको छ । रसियामा संक्रमितको संख्या ११ लाख ६७ हजार ८ सय ५ पुगेको छ । यस्तै यहाँ २० हजार ५ सय ४५ जनाले ज्यान गुमाएका छन्  ।

नेपालमा कोभिड–१९ संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।  नेपालमा ५५ हजार ३७१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर