
१३ असोज २०७७, मंगलवार
बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयवासीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो । आज बसेको आकस्मिक बैठकले असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय भएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए ।
सिल गरिएको अवधिमा नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय ,सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय भएको छ । यसका साथै आवतजावतमा पनि पूर्णरुपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउनजान पनि रोक लगाइएको छ ।