१२ असोज २०७७, सोमवार

निकै मार्मिक गीतहरु ल्याईरहने पुस्कल शर्माले फेरी यो पटक पनि सवैलाई रुवाउने र संझन लायकको गित लिएर आएका छन ।
सख्यात्मक भन्दा पनि गुणात्मक सिर्जना गर्न रुचाउने पुस्कलले यो पटक “एकदिन” लिएर आएका हुन । गायिका विष्णु माझि समेतको स्वर रहेको “एकदिन”  रिलिज भएको तीनदिनमै यो समाचार लेख्दा सम्म युटुवमा २७ ट्रेडिङ्गमा आउन सफल भैसकेको छ ।
पितराम विष्ट ‘आनन्द’को शब्द सृजना तथा पुश्कल शर्माको लय रचना रहेको गितमा मोडेल सारीका केसि सगै पुश्कल आफैले अभिनय गरेका छन भने म्युजिक भिडियो पनि आफैले निर्देशन गरेका छन ।
गायक शर्माले यस अगाडि पनि मेरो कथा सुन,म जिऊन सक्दिन मुटु जलाई जलाई,नजिक भए मलामि आईदिनु है साथि,फ्यान सुसाङड नोट,लगायत दर्जनौ लोकप्रिय गीतहरु वजारमा ल्याईसकेका छन जुन गीत सदावहार रहेका छन ।
हेर्नुहोस् “ एकदिन” गितको म्युजिक भिडियो

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर