 
							११ असोज २०७७, आइतवार
अफ्रिकी मुलुक कङ्गोमा भएको सैनिक जवान कुटपिटको घटनाबारे नेपाली सेनाले छानबिन शुरु गरेको छ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरीतको घटनामा संलग्न सबै जवान तथा अधिकृतमाथि छानबिन शुरु गरिएको हो ।
प्रवक्ता पौडेलले बिहीबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानविन शुरु गरेको बताए ।
अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा सैनिक जवान घाइते भएको प्रवक्ता पौडेलले बताए ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com