११ असोज २०७७, आइतवार

चीनले बनाएको कोरोना भाइरस (कोभिड –१९)विरुद्धको खोप आममानिसमा ल्याउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिएको छ ।

चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपलाई आम नागरिकमा लगाउन अनुमति दिएको चिनियाँ अधिकारीलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।यससँगै चीन डब्ल्युएचओबाट आपतकालीन रुपमा सर्वसाधारणका लागि भ्याक्सिनको अनुमति पाउने पहिलो देश बनेको छ । चीनले तेस्रो चरणमा लगातार पाँचवटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङग्वेइले डब्ल्युएचओले कोरोनाको खोपबारे हालै जानकारी गराएको बताएको सिएनएनले जनाएको छ ।

सरकारबाट सञ्चालित कम्पनी सिमोफोर्मले उक्त खोप विकास गरेको हो । जसले यसअघि पनि विभिन्न स्थानमा यसको आपतकालिन रुपमा प्रयोग गर्ने अनुमति पाइसकेको थियो ।

यसअघि रुसले पनि अन्तिम चरणमा पुगेको खोप डब्लुएचओमा दर्ता गरिसकेको छ । त्यसलाई पश्चिमा देशका विज्ञहरुले थुप्रै भने आशंका गर्नुपर्ने र विश्वास गर्न नसकिने दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर