११ असोज २०७७, आइतवार

जिल्ला अस्पताल जाजरकोटको भवन निर्माण कार्य सुरु भएको छ । संघीय आयोजना कार्यन्वयन इकाई सुर्खेतबाट भवन निर्माण कार्य सुरु भएको हो ।

५० शैया सहितको भवन निर्माणका लागि इकाईबाट ३० करोड २५ लाख ४७ हजार ८४ रुपैयाँको ठेक्का आव्हान गरिएको हो । सरकारले ५० शैयाको अस्पताल घोषणा गरेपनि आवश्यक उपकरण, दक्ष जनशक्ति र भवन अभावका काराण अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन । अव निर्माण हुने भवनमा प्रशासनिक भवन, वाड भवन, आवास गृह, पोष्टमार्टम कक्ष लगाएत रहने कार्यन्वयन इकाई सुर्खेतका ईन्जिनियर टिकाराम पोख्रेलले जानकारी दिए ।

आवश्यक पूर्वाधार अभावका कारण अपेक्षा अनुसारको सेवा दिन नसकिएको भन्दै भवन निर्माण पछि सहज हुने अस्पताल व्यवस्थापन समिति अध्यक्ष धर्मशिला बस्नेतले बताइन । ठुलो पहलपछि भवन निर्माण सुरु भएको भन्दै अध्यक्ष बस्नेतले समयमै निर्माण कार्य सकिनेमा विस्वास व्यक्त गरीन ।

भवन निर्माणको जिम्मा सिनर्जी, ज्ञानज्योती, क्षितिज जेभी काठेमाण्डौले लिएको छ । २ वर्ष अर्थात २०७९ पौष भित्र सम्पन्न गरिसक्नु पर्ने भवन निर्माणको कार्य समयमा नै सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर