नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख सन्तोष शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ , प्रमुख शाहलाई आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले धुनिवेसी नगरपालिका वडा नं. ८ खानीखोला धादिङ्बाट पक्राउ गरेको हो ।
प्रमुख शाह संस्थान बुटवल कार्यालयको लु १ ञ ९५ नम्बरको गाडीमा काठमाण्डौ जाने क्रममा स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैंया र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैंयाको भौचर सहित पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी गराउनु भएको छ ।
पउक्राउ परेको शाहमाथि थप अनुसन्धान भईरहेको पनि अख्तियारले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर