१० असोज २०७७, शनिवार
कञ्चनपुरमा जुवा खेलाउने सहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका ११ लोहारपुर बस्ने डबल बहादुर ऐरले संचालन गरेको डबल खाजाघर बाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जुवा खेलमा संलग्न १९ जना ब्यक्तिहरुवाट दुई लाख चौवालिस हजार एक सय अस्सी रुपैया सहित र १३ बुक तासको गड्डी नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर