१० असोज २०७७, शनिवार

पाल्पा — रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका पाँचै जनाको शव पुरिएको अवस्थामा शुक्रबारसाझँ सम्ममा भेटिएको छ ।   मृत्यु हुनेमा ६० वर्षीय हुमबहादुर गाहा, उनकी पत्नी ५० वर्षीया धनीसरा गाहा, छोरी १७ वर्षीया कृष्णामाया गाहा, हुमबहादुरका नातिनीहरू ८ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुमीसरा आलेको शव फेला परेको प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए ।

पाँचै जनाको शव पोस्टमार्टमका लागि ताँहुसम्म ल्याइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ताँहुको प्राथमिक स्वास्थ्य केन्द्रमा शव पोस्टमार्टम गर्न तानसेनबाट चिकित्सक पुगेका छन् ।

यसैगरी बेलौजामा तीन घर पहिरोमा पुरिएका छन् भने १७ घर जोखिममा छन् । खतरामा परेका बस्तीका बासिन्दालाई विद्यालय, स्वास्थ्यचौकी र छिमेकीको घरमा सारिएको छ । रम्भा गाउँपालिकाले पहिरोमा पुरिएर मृत्यु हुनेलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर