९ असोज २०७७, शुक्रवार

ताप्लेजुङको फुङलिङ बजारमा रहेको एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि  बजार क्षेत्र शिल गरिएको छ । प्राइम बैंक नजिक वीरेन्द्र चोक वरपरका बजार पसल बन्द गरी स्थानीयलाई १४ दिनसम्म होम आइसोलेसनमा बस्न प्रहरीले आह्वान गरेको छ । प्रहरीले माइकिङमार्फत संक्रमित व्यक्ति बढी आउजाउ हुने क्षेत्रका बजार, पसल बन्द गर्न आग्रह गरेको हो ।संक्रमित बैंकका कर्मचारीलाई ताप्लेजुङ अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । बैंकमा कार्यरत संक्रमित कर्मचारी केही दिनअघि मात्र आफ्नो घर विराटनगर पुगेर फर्किएका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर