बुटवल, ८ असोज ।
अबिरल बर्षासँगै तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका वडा नं १७ रानीगंजमा एक घर बगाएको छ ।

तिनाउ नदीमा आएको बाढीले विहिवार दिउसो स्थानीय प्रेम कुमारी खाँम्चाको टिनले छाएको ब्लकले बनाएको एक तले घर वगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी खडक बहादुर खत्रीले जानकारी दिए ।

बाढीले मानविय क्षती नभए पनि सोही स्थानका अन्य ४ घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।  तिनाउ नदी तटिय क्षेत्रमा २० हजार बढी घरपरिवार सकुम्बासीका रुपमा बस्दै आएका छन ।

तिनाउ नदीले खतराको तह नाघे पछि  नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिले पनि गुल्मी, पाल्पा लगायत तिनाउ नदीको मुहान क्षेत्रमा निरन्तर बाढी आईरहेको हुँदा खतरा कायमै रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर