८ असोज २०७७, बिहिवार
पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले बिहीबार बिहान तीन पुरेको छ भने ६ जना बेपत्ता भएका छन् ।
स्थानिय हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएका हुन ।
मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि दौडिएर भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जनाभने सम्पर्कविहीन भएका छन्
अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । श्रीमान् भने पहिरो खस्दा खस्दै भागेर ज्यान जोगाउन सफल भएका थिए । निकै ठुलो पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर